सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट काठमाडौं: टेक पौरखी राईको निर्देशन रहने चलचित्र ‘जय हो’मा अभिनेत्री केकी अधिकारी अनुबन्धित भएकी छन् । चलचित्रका प्रस्तुतकर्ता शोभित बस्नेतको जन्मदिनको अवसरमा आइतबार केकीसँग लिखित सहमति गरिएको बारे निर्माण टिमले जानकारी गराएको छ ।

यसअघि चलचित्रको मुख्य पात्रमा कलाकार अर्पण थापा, सलोन बस्नेत र माओत्से गुरुङ तय भइसकेका छन् । पूर्ण मनोरञ्जनात्मक कमेडी जनारामा निर्माण हुने चलचित्रलाइ राज के अधिकारी र सुरज सरकारले निर्माण गर्दैछन् । चलचित्रमा सुरेश न्यौपानेको पटकथा रहेको छ। आगामि फागुन २५ गतेदेखि छायांकनमा जाने तयारि गरेको चलचित्रले कथाको ८०% पोखरा र मुस्ताङमा छायांकन गरिनेछ। सलोन सलिना ब्यानरमा निर्माण हुने चलचित्रलाइ २०८० भदौमा प्रदर्शन गरिने छ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com