सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौं: ‘लभ डायरिज’का निर्देशक सौरभ चौधरीको निर्देशनमा बन्ने चलचित्र ‘अगस्त्य : दि अनब्रेकेबल च्याप्टर वान’को प्रमुख कलाकारमा नाजिर हुसेन र मलिका महत अनुबन्धित भएका छन् । यसअघि चलचित्रमा मुख्य पात्रमा सौगात मल्ल तय भईसकेका छन् ।

आउँदो वैशाखदेखि छायांकनमा जाने तयारी गरेको चलचित्रको छायांकन नेपालको नवलपरासी र काठमाडौं तथा भारतको बनारस र गोरखपुरमा हुनेबारे चलचित्रका निर्देशक चौधरीले जानकारी दिए । डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको कथा, पटकथा तथा संवाद पनि निर्देशक सौरभकै हुनेछ।

चलचित्रमा अन्य केहि नेपालि कलाकार र केहि भारतीय कलाकारहरुको अभिनय रहने छ । सस्पेन्स र थ्रिलर जनरामा निर्माण हुने चलचित्रलाई प्रकाश मल्ल र अनिश तामाङले निर्माण गर्न लागेका हुन् ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com