सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौं: स्टार कलाकार छनौट देखि फेरबदलको कार्य सम्पन्न गरि चलचित्र ‘ह्रस्वदीर्घ’को छायांकन भारतको हैदराबादस्थित रामोजी स्टुडियोबाट सुरु गरिएको छ ।
नीता ढुंगानाले निर्माण गर्न लागेको चलचित्रका सम्पूर्ण कास्ट एण्ड क्रिउको सहभागीतामा नेपाली कलाकार र भारतीय अभिनेता अलीको दृश्य खिच्दै छायांकन अगाडी बढाइएको निर्माण तिमले जानकारी गराएको छ।

चन्द्र पन्तको निर्देशन रहने चलचित्रको छायांकन नेपाल र भारतका विभिन्न पर्यटकीय स्थानमा गरिंदैछ । चलचित्रको मुख्य भूमिकामा नीतासहित हरिहर अधिकारी, सरोज खनाल, हजारभन्दा धेरै फिल्मको रेकर्ड राखिसकेका भारतीय अभिनेता ब्रह्मानन्दमसहित चर्चित दक्षिण भारतीय चलचित्र ‘पुष्पा’मा खलपात्रको रोल गरिसकेका सुनिल बर्मा रहनेछन् । यसैगरी ‘गजनी’ फेम्ड अभिनेता प्रदीपराज रावत र १३ वर्षपछि नेपाली फिल्ममा कमब्याक गर्ने तयारीमा रहेकी अभिनेत्री विपना थापा पनि मुख्य भूमिकामा देखापर्नेछिन । युवापुस्ताको प्रेमकथा र जीवन दर्शन पस्किने चलचित्रको छायांकन भारतीय सिनेम्याटोग्राफर कवीरलालले गर्दैछन।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com