सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट काठमाडौं: आउदो चैत्र १७ गतेबाट प्रदर्शनको मिति तय गर्दै ‘प्रेमा’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ।  पोस्टरमा एकातिर चलचित्रका प्रमुख कलाकार अरुण क्षेत्री, शुभेच्छा खड्का र सृष्टि श्रेष्ठलाई हँसिलो मुद्रामा प्रस्तुत गरिएको छ भने अर्कातिर अरुण दुवै अभिनेत्रीसंग रोमान्टिक मुडमा खुलेका छन् ।

गोविन्दसिंह भण्डारीको लेखन तथा निर्देशन रहेको चलचित्रमा सृष्टि, शुभेच्छा र अरुणका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलियाको अभिनय रहने छ । गोविन्दसिंह भण्डारी ‘मञ्जरी’, ‘लभ यू बाबा’, ‘हैरान’, ‘मेरो पैसा खै’, ‘गाँजाबाजा’ र ‘चिनी कम रङ कडा’ जस्ता फिल्ममा सह-निर्देशन गरेका भण्डारीले ‘रणवीर’मार्फत निर्देशकीय डेब्यु गरेका थिए भने ‘प्रेमा’मार्फत उनले निर्माणमा पनि पाइला चालेका छन्। बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्माण हुने चलचित्रमा सुशान्त गौतमको संगीत, सुशान्त, सबिन एकतारे र अनिल शर्माको गीत, अमिषा शाहीको मेकअप, मेघराज पौडेलको प्रोडक्सन, डुकराज घिमिरेको कला, कृष्णबहादुर थापाको सहायक छायांकन, कुलदीप शर्मा, जगदिश न्यौपाने र अनुप केसीको सहायक निर्देशन रहेको छ विक्रम थापाको कार्यकारी निर्माण रहेको चलचित्रको छायांकन काठमाडौं, धनगढी र कर्णालीमा गरिएको हो।

 

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com