सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेत्री आँचल शर्मा स्टारर चलचित्र ‘नाईं नभन्नू ल ६’को अफिसियल टिजर सार्वजनिक भएको छ । रिलिज टिजरमा चलचित्रका मुख्य पात्र प्राय सबैलाई समेट्दै चलचित्रको बिषयबस्तु प्रस्तुत छ। जहाँ प्रेम,पागलप्रेम, प्रेमका लागि गरिएको पहल, पारिवारिक कथाजस्ता बिषय हाइलाइट गरिएको छ।

विकासराज आचार्यको निर्देशनमा बनेको चलचित्रको कथा, पटकथाविकासराज आचार्य, सामीप्यराज तिमल्सिना र अरुणदेव जोशीको सहकार्यमा तयार बनेको हो। चलचित्रमा डेब्यु अभिनेता आशिर्बाद र आँचलको साथमा प्रियंका कार्की, केकी अधिकारीको पनि अभिनय रहेको छ । चलचित्रको बाल कलाकारको पात्रमा अथर्व उप्रेतीले डेब्यु गरेका छन्। उनि निखिल उप्रेती र सञ्चिता लुईंटेलका छोरा हुन्।

यहि आउदो नयाँ बर्ष २०८० बैसाख १ गतेबाट देशभर एकैसाथ प्रदर्शन हुन गैरहेको चलचित्र आख्यान फिल्म्सको ब्यानरमा निर्माण भएको हो। चलचित्रको निर्मातामा विकासराज आचार्य र विष्णुमणि दाहाल छन् भने सञ्जय न्यौपाने, रमेश चौधरी, पुरुषोत्तम प्रधान कार्यकारी निर्मातामा छन् । चलचित्रमा हिमाल केसीको द्वन्द्व निर्देशन, पुरुषोत्तम प्रधानको छायांकन, सन्देश शाहको सम्पादन, एलिस कार्कीको ब्याकग्राउन्ड स्कोर, कविराज गहतराज र मनोज विश्वकर्माको कोरियोग्राफी रहेको छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com