सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: सुदर्शन थापा निर्देशित चलचित्र ‘प्रसाद २’को एक पारिलो कथासहित ट्रेलर सार्वजनिक भएसंगै प्रदर्शन मिति एक हप्ता अगाडी सारिएको छ । अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको चलचित्र पहिला आगामी बैशाख १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको थियो भने अब चैत्र २४ गतेबाट प्रदर्शनमा आउने भएको हो । रिलिज ट्रेलरमा समाजभित्र घट्ने हरेक कथाबस्तु सामाजिक कुरिति, जातीय विभेद, महिलामाथि हुने दुर्ब्यावहार, गरिवी, बर्तमान समाजको यथार्थ, खुकुलो राजनीतिजस्ता बिषयलाई हाइलाइट गरिएको छ।
‘माया भन्दा ठूलो नै के छ र ?’ थिमलाई साथ दिदै चलचित्रमा विपिन र केकीबिच अन्तरजातीय बिबाह र प्रेम देखाइएको छ। जहाँ विपिन र केकी अधिकारीको अभिनय बुलन्द छ । सामाजिक विसंगति तथा बिशुद्द राजनीतिलाई दर्शाउदै एक ब्याक्तिले समाजमा आफ्नो पावरको गलत प्रयोग गर्ने जस्ता तुत्छ घटनालाई चलचित्रमा राम्ररी समाबेश गरिएको छ। सुदर्शन बस्नेत निर्माता रहेको चलचित्रमा विपिन र केकिको साथमा अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडीलगायत कलाकारको अभिनय रहेको छ । चलचित्रको प्रस्तुतकर्ता सुभाष थापा हुन् भने सुशिल पौडेल चलचित्रका लेखक हुन। सुलभ थापा प्रोडक्सनले एसजी फिल्म्ससँग मिलेर निर्माण गरेको चलचित्रका छायाँकार राजेश श्रेष्ठ हुन् । विके फिल्म्सले वितरण गर्ने चलचित्रमा विक्रम स्वारको कोरियोग्राफी, मिलन श्रेष्ठको सम्पादन, राजनराज सिवाकोटीको शब्द रचना तथा संगीत रहेको छ।
©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com