सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: रेनशा वान्तवा राइको निर्देशनमा बनेको चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’को अफिसियल टिजर रिलिज भएको छ। रिलिज टिजरमा आफ्नो सपनाको लागि परिवारसंग गरिएको बिद्रोह र पारिवारिक बाध्यतामा रुमलिएको एक युवकको कथा प्रस्तुत छ। चलचित्रका मुख्य नायक धिरज मगरको मिहिनेत र परिश्रम उनको अभिनयको निखारताले देखाएको छ।

आईकोर फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा धिरज मगरसंगै जसिता गुरुङ र अरुण क्षेत्रीलाई मुख्य भूमिकामा देख्न सकिनेछ । डान्सको कथामा आधारित रहेको चलचित्रलाई प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराले सहकार्यमा निर्माण गर्नेछन। चलचित्रमा रोहित शाक्य र कालिप्रसाद बाँस्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन, द वाइल्र्ड रिप्पर्ज क्रुको कोरियोग्राफी रहेको छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com