सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: धिरज मगरको मुख्य भूमिका रहेको चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’को टिजरलाई दर्शकले धेरै रुचाएका छन्। ‘मेरो सपना फरक हो गलत होइन।’ चलचित्रको यस सम्बादले दर्शकको मन पगालेको छ जसलाई हर कोहि व्यक्तिले रिलेट गर्न सक्दछ।

चलचित्रले वास्तविक  कथालाई जोड दिएको छ, त्यसैले पनि यसमा हरेक व्यक्तिले आफ्नै कथा र दबेको सपना भेट्न सक्नेछन्। कति व्यक्ति आफ्नो सपना साकार गर्न परिवार र आफैसँग युद्द गरेर जित्न सफल हुन्छन भने कतिले त आफ्ना सपना एकातिर छाडेर घर तथा परिवारको इच्छा र जिम्मेवारीमा रुमलिरहन्छन। त्यस्तै चलचित्रमा धिरज आफ्नो सपनाको लागि परिवारसँग द्वन्द गर्दछन। जहाँ परिवारको इक्षा उनि आर्मी होश भन्ने छ, त उनको सपना डान्सर बन्ने हुन्छ।

नेपालमा यस अगाडि डान्स ड्रामामा चलचित्र बनेको थिएन । यसैले, रेनशा राई रानाको निर्देशनमा तयार भएको चलचित्रको टिजरले दर्शकमा अपेक्षा बढाएको हो । यस चलचित्रको केहि गहकिला सम्बादहरु टिकटकमा भाइरल बनिरहेका छन्। दर्शकले हामीले जे कुरा भन्न खोजेका छौं त्यो कुरालाई मनमा लिनुभएको छ भन्दै निर्देशक रानाले खुशी व्यक्त गरिन्। चलचित्रमा धिरज मगर, जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र नयाँ बर्ष २०८० बैसाख २१ गतेबाट देशभर प्रदर्शन हुन गैरहेको छ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com