सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेत्री बर्षा सिवाकोटी र डेव्यु अभिनेता रमेश बानियाँको अभिनय रहेको चलचित्र ‘ए साथी सुन’को टिजर रिलिजसंगै प्रदर्शन मिति पोष्टपोण्ड भएको जानकारी गराएको छ । रिलिज टिजरमा अपहरण, बदला, प्रेम र स्वार्थजस्ता बिषयबस्तुलाई हाइलाइट गरिएको छ।

 

यसअघि चैत्र १० गतेबाट प्रदर्शनमा आउने बताइएको चलचित्र अव नयाँ बर्ष २०८० जेठ ५ गतेबाट प्रदर्शनमा आउँने भएको छ। बास्तविक घटनाबाट प्रेरित चलचित्रमा बर्षा, रमेशको साथमा आयन खड्का, सुशिल पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरी लगायत कलाकारको अभिनय रहेको छ ।

राम राघव आचार्यको लेखन तथा निर्देशन रहेको चलचित्रलाई बीना कार्की र सन्तोषकुमार राईले सहकार्यमा निर्माण गरेका छन् । इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको चलचित्रको सह(निर्मातामा सुदीप पौडेल छन् । चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्दैछ।

 

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com