सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: धिरज मगर र जसिता गुरुङ्ग स्टारर चलचित्र ‘ज्याकी : आईएम ट्वान्टी वान’ले नयाँ पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा अभिनेत्री जसिता गुरुङको डान्स लुक्स देख्न सकिन्छ ।

नेपालमा यस अगाडि डान्स ड्रामामा चलचित्र बनेको थिएन । यसैले, रेनशा राई रानाको निर्देशनमा तयार भएको चलचित्रको टिजरले दर्शकमा अपेक्षा बढाएको हो । चलचित्रमा धिरज मगर, जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।

आईकोर फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा धिरज मगरसंगै जसिता गुरुङ र अरुण क्षेत्रीलाई मुख्य भूमिकामा देख्न सकिनेछ । डान्सको कथामा आधारित रहेको चलचित्रलाई प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराले सहकार्यमा निर्माण गर्नेछन। चलचित्रमा रोहित शाक्य र कालिप्रसाद बाँस्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन, द वाइल्र्ड रिप्पर्ज क्रुको कोरियोग्राफी रहेको छ । चलचित्र नयाँ बर्ष २०८० बैसाख २१ गतेबाट देशभर प्रदर्शन हुन गैरहेको छ।

 

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com