सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेत्री वर्षा सिवाकोटी र अमेरिकामा बसोबास गर्दै आएका युवक आशिष गेलालबीचको वैवाहिक सम्बन्ध कानुनी रुपमा टुंगिएको छ । यस बिषयमा फाट्ट फुट्ट कुरा गरेपनि उनले खुलेर खासै बोल्न चासो दिएकि थिईनन तर हिजो उनका भूपू पति आशिसको अर्को बिबाहको खबर बाहिर आएपछि उनले आफुहरु दुई महिनाअघि कानुनी रुपमै अलग भएको बताइन् ।

गत वैशाख ९ गते काठमाडौंको एक रिसोर्टमा धुमधामले विवाह गरेका वर्षा र आशिषको सम्बन्ध नौ महिनामै टुंगिएको हो । केहि महिना अघिदेखि नै यी दुइ बीचको सम्बन्धमा दरारबारे बजारमा गाइगुइ हल्ला फैलिएको त् थियो नै, तर अफिसियल रुपमा केहि खबर भने प्राप्त भएको थिएन। बिभिन्न मिडिया र ब्याक्तिहरुले उनलाई यस बिषयमा धेरै सोधपुछ गरिरहन्थे। पछिल्लो समय यहि प्रश्नको डरले पनि उनि मिडियाबाट तर्किन खोज्थींन। आफुहरु दुइबीचको प्रेमलाई परिवारको सहमतिमा भव्य बिबाह गरेका थिए। यो जोडीले निकै तारिफ पनि पाएका थिए। तर आज बर्ष दिन पनि काट्न नपाइ त्यो बिबाहको नाम मेटिएको छ। उनि भन्छिन, छिटो विवाह गर्दा एकले अर्कोलाई बुझ्न नसकेको र असमझदारी भयो। यस्तो अवस्थामा अगाडी बढ्दा झन गारो हुने भएर अलग्गिनु उचित लागेर हामि अलग्गिएका हौ । ‘दुई महिनाअघि बर्षा र आशिस कानुनी रुपमा अलग भएका हुन ।’

आशिषले सोमबार झापाकी समीक्षा विमली नामकी एक युवतीसँग विवाह गरेका छन् । उनको तस्वीर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भइसकेको छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com