सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधानको मुख्य भूमिका रहेको फिल्म गणपतिको फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ।  निर्माण टिमले फस्टलुकसँगै फिल्मको रिलिज डेट पनि फाईनल गरेको हो।  अबभने फिल्म आउँदो जेठ ५ गतेबाट देशभर प्रदर्शन हुनेछ।  सार्वजनिक पोस्टरमा फिल्मका मुख्य पात्रहरु मुकुन र मेनुका फिचर्ड छन। त्यस्तै भगवान गणेशको मुकुण्डो लगाएको अर्को चरित्रलाई पनि पोस्टरमा देख्न सकिन्छ।

सबिन अधिकारीको लेखन तथा निर्देशन रहेको फिल्मलाई हरिबहादुर घलेले छायांकन गरेका हुन्। मुकुन र मेनुकाका अलावा फिल्ममा कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेल लगायतको अभिनय रहेको छ ।

फिल्मले आस्थाको रुपमा रहेका भगवान र भौतिक रुपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउने निर्माण टिमको जानकारी रहेको छ।  फिल्म एबिगम्यान फिल्मसको ब्यानरमा लक्ष्मण थापाले निर्माण गरेका हुन। अनिस अधिकारीको शब्द संगीत रहेको फिल्मको गीतमा अनिस अधिकारी र देबेन्द्र बब्लुको आवाज रहेको छ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com