सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: बैशाख २१ गतेबाट प्रदर्शन हुने फिल्म ‘ज्याकी आई एम ट्वान्टी वान’ का निर्माण टिमले प्रमोसनलाई तिव्र बनाई रहेका छन। केहिदिन अघि मात्र टिजर र पहिलो गीत ‘कथा’ सार्वजनिक गरेका निर्माण टिमले अबभने फिल्ममा समावेश ‘योद्धा’ बोलको गीत सार्वजनिक गरेका छन।

त्रिशला गुरुङ र प्रसिद राजोपाध्यायको स्वर, स्वप्निल शर्माको शब्द, स्वप्निल र रोहित शाक्यको संगीत रहेको उक्त गीतको भिडियोमा फिल्मका मुख्य पात्रहरु धिरज मगर र जसिता गुरुङलाई देख्न सकिन्छ।

आईकोर फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मलाई  प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराले निर्माण गरेका हुन् ।

फिल्ममा रोहित शाक्य र कालिप्रसाद बाँस्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन, द वाइल्र्ड रिप्पर्ज क्रुको कोरियोग्राफी छ । सुशान्त प्रजापतिको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन छ । सोमनाथ खनाल र रेनशा राई रानाको यो फिल्ममा संवाद छ ।

फिल्ममा धिरज मगर र जसिता गुरुङसँगै महापुरुष फेम्ड नायक अरुण क्षेत्रिको पनि मुख्य भूमिका रहेको छ। फिल्मको ट्रेलर यहि बैशाख १ गते रिलिज गरिदैछ।

 

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com