सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

रंगखबर, काठमाडौँ: सुहाना थापा र धिरज मगर स्टारर फिल्म ‘भगवत गीता’ले नयाँ रिलिज डेट फिक्स सार्वजनिक गर्ने भएको छ। फिल्मले यस अघि वैशाख १ गतेलाई रिलिज डेट तय गरेको थियो तर फिल्मका निर्माण टिमले प्राविधिक कारण देखाउँदै फिल्म पोस्टपोण्ड गरेका थिए। अब फिल्मलाई निर्माण टिमले भदौ १५ रिलिज गर्ने योजना बनाईरहेका छन । सम्पूर्ण छायांकन सकेर बसेको फिल्मलाई अभिनेत्री तथा निर्देशक झरना थापाले निर्देशन गरेकी हुन्।

सुहाना इन्टरटेनमेन्ट ब्यानरमा निर्माण भएको फिल्मको छायांकन  जनकपुर र मनाङमा छायांकन गरिएको हो। फिल्मलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन्। फिल्ममा सुहाना र धिरजसँगै बिपिन कार्कीको पनि मुख्य भूमिका रहेको छ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com