सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘कामिनो’बाट डेब्यु गर्न लागेकी मोडल तथा नव अभिनेत्री नीति शाह यतिबेला फिल्मको वर्कशपमा व्यस्त छन। मिस नेपाल २०१७ मा सहभागी भएर मिस नेपाल इन्टरनेसनल भएपछि उनको चर्चा यति धेरै भयोकि उनिसँगै मिस नेपालमा सहभागी भएर विजेता बनेकी निकिता चन्दकको पनि त्यति चर्चा भएको थिएन। त्यसताका उनि नेसनल क्रसनै बनेकी थिईन। मिस नेपाल सकिने बित्तिकै उनलाई फिल्म खेलाउन निर्माता निर्देशकहरु पछिपनि धेरै लागेका थिए तर उनले सबैको प्रस्ताव अश्विकार गरि रहिन।

अब भने उनै नीति अहिले नेपाली फिल्म नगरीमा आउँन निकैनै उत्साहित देखिएकी छन। उनले लकडाउन अघिनै ‘हुतुतु’ नामक फिल्मबाट इन्ड्रस्ट्रीमा प्रवेश गर्ने भनिएपनि फिल्म कहाँ पुग्यो भन्ने अहिले स्वयम् यसका निर्मातालाई पनि थाहा छैन होला। पहिलो गाँसमै ढुंगा लागेपछि उनले फिल्म ‘एक्स नाईन’ भन्ने फिल्म साईन गरिन त्यसको पनि अहिले सम्म अत्तोपत्तो छैन। तेश्रो पटक भने उनले अभिनय पक्का भएको छ। उनि अभिनेता प्रदिप खड्काको अपोजिटमा फिल्म ‘कामिनो’मा देखिने पक्का भएको छ। जसको अहिले वर्कशप चलिरहेको छ। नीति फिल्मलाई लिएन अहिले निकै नै सिरियस बनेकी छन।

उनले भर्खरै मात्र आफ्नो इन्स्टाग्राम स्टोरीमा फिल्मको स्क्रिप्टको तस्बिर सेयर गर्दै ‘माइ हर्ट एण्ड सोल इज इन दिस प्रोजेक्ट’ अर्थात् ‘मेरो मुटु र आत्मा यो प्रोजेक्टमा ​​छ ’ भन्दै लेखेकी छन।  उनको यो स्टोरी हेर्दा उनि फिल्म कामिनोलाई लिएर कति सम्म उत्साहित र सिरियस छन भन्ने देख्न सकिन्छ।

कामिनो प्रति पूर्ण रुपले सिरियस बनेकी नीतिले अभिनय पनि अब्बल होस नीतिलाई शुभकामना।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com