सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट काठमाडौँ: फरहान अख्तरको निर्देशनमा बन्ने ‘डन’को तेश्रो शृंखला ‘डन ३’मा रणवीर सिंहको इन्ट्री भएको छ। अभिनेता शाहरुख खानले फिल्म गर्न अस्विकार गरेपछि फरहानले रणवीरलाई फिल्ममा कास्ट गरेको खबर इन्डियन न्युज पोर्टलहरुले जनाएका छन। निर्माण टिमले केहि समय अघि देखि फिल्मकालागि रणवीरसँग कुरा गरेको भएपनि अधिकारिक खबर भने बाहिरिएको थिएन।

बलिउडका बिग बि. अर्थात् अमिताभ बच्चनले सुरु गरेको डनको भूमिकालाई त्यसताका सबैले रुचाएका थिए भने शाहरुखले डनको सिक्वेलमा अभिनय गरेपछि बलिउडका डन भनेर शाहरुखलाई चिनिन थलिएको थियो। अबभने यो परम्परा तोड्दै बलिउडमा नयाँ डनको प्रवेश भइसकेको छ।

एकातिर बलिउडले नयाँ डन पाईरहेको छ भने अर्कातिर भने शाहरुखका फ्यानहरु भने निराश बनिरहेका छन। कतिले त डनको तेश्रो शृंखलामा पनि शाहरुख खान नै हुनु पर्ने माग राख्दै अहिले #विवान्टशाहरुख भन्दै ट्रेन्ड चलाउन थालिसकेका छन।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com