सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: रियल जोडी सबिन श्रेष्ठ र अनु शाह लामो समय देखि प्रेममा छन। धेरैले चासो देखाउने यी जोडी पछिल्लो समयमा प्राय: म्युजिक भिडियोमा देखिन थालेका छन। अहिले भने अभिनेता सबिनले आफ्नी प्रेमिका अनुलाई डेडीकेट गर्दै म्युजिक भिडियो निर्देशन गरेका छन। सनिश श्रेष्ठको आवाजमा ‘तिमी टाढा’ बोलको गीतमा सबिन र अनु निकै रोमान्टिक देखिएका छन। उनले यसै गीत मार्फत निर्देशनमा हात हालेका हुन्।

लेखु सहयात्रीको संगीत तथा विषम आचार्यको एरेन्ज, मिक्सिङ र मास्टरिङ रहेको गीतको छायांकन गोदावरीमा गरिएको हो। भिडियोमा चिरायु शाक्यको छायांकन, वीरबहादुर थारुको सम्पादन र कलर, कविराज गहतराजको कोरियोग्राफी छ । भिडियोका कार्यकारी निर्माता रविन आचार्य हुन् । भिडियो सबिन श्रेष्ठ भ्लग्स च्यानलबाट सार्वजनिक गरिएको छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com