Sabasta Entertainment Pvt. Ltd


नेपाली चलचित्र ”पेशा” राजधानीमा बुधबार एक कार्यक्रमको आयोजना गर्दै चलचित्र निर्माण पक्षले आधिकारिक घोषणा गरेको छ। रोज रखालाको प्रस्तुति रहेको चलचित्रलाई विश्वदीप घिमिरेले निर्देशन गर्ने छन् । फायर इन्टरप्राइजेज प्रा.लि को ब्यानरमा बन्न लागेको चलचित्रलाई जी.एस आले ले निर्माण गर्दै छन् भने टिकाराम रखाल लेखक रहेका छन् । चलचित्रमा रोजन रखाल,प्रशान्त यादव,बालकृष्ण बन्जारा,पुरब बन्जारा,निशा सुनुवार,सरगम तामाङ्ग र अनिता रसाइलीको अभिनय रहनेछ। चलचित्रमा राजु जंगथापाको द्वन्द,टंक बुढाथोकी र जी.एस आलेको संगीत रहने छ भने जनक पाख्रिनको नृत्य निर्देशन रहने छ।

©2022 Sabasta Entertainmnet All rights reserved. | Website by Appharu.com