Sabasta Entertainment Pvt. Ltd

सबस्त, इन्टरटेनमेन्ट, काठमाडौँ – अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीले अभिनय गरिरहेको चलचित्र ‘डिसेम्बर फल्स’का केहि थान तस्विर सार्वजनिक गरिएका छन् ।

पोखरामा खिचिरहेको चलचित्रका तस्विरहरुमा आर्यन र उपासनाको रोमान्टिक र स्याड मूड देख्न सकिन्छ । यो चलचित्रमा पहिलो पटक आर्यन र उपासनाले स्क्रिन साझेदारी गरिरहेका छन् ।

प्रविण झाले निर्देशन गरिरहेको चलचित्र पोखरा खिचाईपछि काठमाडौँ फिर्नेछ । काठमाडौँमा दुई साता खिचिने चलचित्र पोखरा सेड्युल अन्तिम चरणमा पुगेको बताइएको छ ।

केदार भुषालको पटकथा/संवाद रहेको चलचित्रमा सुमन थापा रोहित, सलोन बस्नेत, दयाराम दाहाल, नरेश भट्टराईलगायतका कलाकारहरु पनि अभिनय छ ।

२०७८ सालको साउन १ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने चलचित्रमा महेश आर गुप्ताको छायांकन र रामप्रसाद रिजालको प्रस्तुति रहेको छ । लक्ष्मण रिजालको कार्यकारी निर्माण रहेको चलचित्रका निर्माता राजकुमार भट्ट हुन् ।

©2022 Sabasta Entertainmnet All rights reserved. | Website by Appharu.com