Sabasta Entertainment Pvt. Ltd

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ – निर्माणाधिन चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेकका लागि अडिसन सम्पन्न भएको छ ।

राजधानीको एभरेस्ट फिल्म एकेडेमीमा सम्पन्न अडिसनमा ८ सय बढीको सहभागिता रहेको निर्माण पक्षले जानकारी दियो । अडिसनका लागि २ हजार बढीको इमेल आवेदन आएपनि निर्माण पक्षले ८ सय जनालाई मात्र अडिसनमा बोलाएको थियो ।

युवाहरुको उत्साहजनक सहभागिताले राम्रो चलचित्र बनाउन हौसला मिलेको निर्देशक विशाल सापकोटाले बताए । अब मुख्य कलाकार छनोट गरेर वर्कसप सुरु गरिने निर्देशक सापकोटाले जानकारी दिए ।

युवा फिल्मस्को व्यानरमा निर्माण हुने चलचित्रका लागि ओर्जिनल कथाको आधिकारिक राइट्स लिइएको हो ।

‘अर्जुन रेड्डी’को हिन्दी भर्सन ‘कबिर सिंह’ २०१९ मा प्रदर्शन भएको थियो । जुन फिल्मले विश्वव्यापी ३ सय ८० करोडको व्यापार गर्न सफल भएको थियो ।

तस्विर: आशिष ओली 

©2022 Sabasta Entertainmnet All rights reserved. | Website by Appharu.com