Sabasta Entertainment Pvt. Ltd

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ – चलचित्र ‘प्रकाश’को टिजर रिलिजपछि अभिनेता प्रदीप खड्काको चर्चा चुलिएको छ ।

चलचित्रमा उनले निर्वाह गरेको जुम्ली युवकको भूमिकाले दर्शकको ध्यान केन्द्रित गरिरहँदा प्रदीपले ‘प्रकाश’बाट आफुमा कला र कलाकारिताप्रति आफ्नो दृष्टिकोण बद्लिएको बताएका छन् ।

उनि फेसबुकमा लेख्छन, ‘यस चलचित्रमा काम गर्ने क्रममा, कला र कलाकारिताप्रतिको हेर्ने मेरो दृष्टिकोणमा नै परिवर्तन आएको छ। एउटा पात्र मार्फत सम्पूर्ण कथा नै जीवन्त भइदिन सक्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै, पात्रलाई न्याय गर्न उसको वस्तुस्थितीदेखि भावनाहरु समेतलाई बुझ्ने हेतुले, मैले जुम्लेली लवज सिक्नेदेखि पात्र अध्ययनका लागि चलचित्र कार्यशालामा कैयौँ दिनहरु बिताएको छु। सोही क्रममा एउटा कलाकारले ‘पात्र र कलाकारिता’लाई कसरी लिनुपर्दछ भन्ने मेरो सोचमा नै नयाँ आयाम थपिएको मैले महसुस गरेको छु।’

यस अघिका चलचित्रहरुमा लवरव्वाय भूमिकामा मात्रै देखिदै आएका प्रदीपले आगामी चलचित्र ‘प्रेमगीत ३’मा एक योद्धाको भूमिका निर्वाह गरेका छन् ।

दिनेश राउतले निर्देशन गरेको ‘प्रकाश’मा प्रदीपसंगै दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रेणु योगी, निरज पन्थी, देवकुमार श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ ।

बिकास सुवेदीको लेखन रहेको चलचित्रमा महेन्द्र अधिकारीको लगानी छ ।

©2022 Sabasta Entertainmnet All rights reserved. | Website by Appharu.com