Sabasta Entertainment Pvt. Ltd

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ। गायिका अञ्जु पन्त र आशिष अविरलको स्वर रहेको गीत ‘छुनुमुनु छुनुमुनु’को भिडियो रिलिज गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच म्युजिक भिडियो रिलिज गरिएको हो । गीतको भिडियो आशिष अविरलको च्यानलबाट सार्वजनिक गरिएको छ । गायक अविरलको एरेञ्ज तथा संगीत रहेको गीतको शब्द रचना एक नारायण भण्डारीले गरेका हुन् । गीतको भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्मालाई फिचर्ड गरिएको छ । गीतको भिडियोलाई सरोज अधिकारीले निर्देशन गरेका हुन् । पवन सुसलिङ खिचेका भिडियोलाई सुरज अधिकारीले सम्पादन गरेका हुन् ।

गीत हेर्नुस : 

©2022 Sabasta Entertainmnet All rights reserved. | Website by Appharu.com