सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको चलचित्र ‘बहाव’को बिचारपूर्ण ट्रेलर सार्वजनिक भएको छ। रिलिज ट्रेलरमा एउटा ब्याक्तिको आफ्नै र परिवारको इक्षा रहरसंगको द्वन्द, मानसिक अवस्था, युवापुस्ताको राजनीतिमा पाइला र आफ्नो परिचयका लागि गरिएको संघर्शजस्ता विषयवस्तुमा ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ प्रस्तुत गरिएको छ ।

श्रीधर पौडेलको लगानीमा बनेको चलचित्र स्वर्णिम इन्टरटेनमेन्ट ब्यानरमाबनेको हो। योङ स्टार सिनेमा प्रस्तुतकर्ता रहेको चलचित्रलाई प्रमोद कँडेलले लेखन र निर्देशन गरेका हुन्। निर्देशक कँडेलले ‘बहाव’ नयाँ चिजको खोजीमा भइरहेको अवस्थाको विद्रोह रहेको बताए ।

चलचित्रमा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ । सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको सङ्गीत रहेको चलचित्रमा सज्जा चौलागाईंको स्वर, अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउण्ड डिजाइन र मिक्सिङ र कार्तिकेय स्मिता कर्नाटकको छायाङ्कन छ ।

चलचित्रमा निगम श्रेष्ठको प्रोडक्सन डिजाइन, भारद्वाजसिंह माहिदाको फस्ट युनिट डिरेक्सन, विकास ठाकुरको स्टोरी एडिटर, प्रतीक श्रीवास्तवको स्टोरी डेभलपमेन्ट एण्ड आर्ट डिरेक्सन, सम्राट खनालको साउण्ड रेकर्ड, सीमा गुरुङको मेकअप, रञ्जीत क्षेत्रीको कस्ट्युम, सनीष सचुको पोस्टर डिजाइन, सुदीप दवाडीको मार्केटिङ स्ट्राटेजी, निर्वाना फिल्म स्कुलको प्रोडक्सन मेनेजमेन्ट र सिने जोनको पोस्ट प्रोडक्सन मेनेजमेन्ट छ । चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्दैछ । चलचित्र यहि चैत २४ गतेबाट देशभर प्रदर्शन हुँदैछ ।

 

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com