सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

रंगखबर, काठमाडौँ: गायक दिनेश गौतम र अनु सिंहको स्वर रहेको गैँडा चुरोट बोलको गीतको भिडियो सार्वजनिक भएको छ । बिधुर तिमल्सिना ‘देवदुत’का शब्द शृजनामा पुस्तक प्रसादको संगीत रहेको सार्वजनिक गीतमा मोडलद्धय प्रदीप बास्तोला र सृष्टी खड्काको रोमान्टिक अभिनय देख्न सकिन्छ । सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोको छायांकन अर्जुन तिवारीले गरेका हुन् । रामचन्द्र गौतमको निर्माणमा तयार भएको गैँडा चुरोटको निर्देशन र कोरियोग्राफी राजिव समरले गरेका हुन् । गायक गौतमकै च्यानलबाट रिलिज गरिएको गीतको भिडियोले एक रोमान्टिक प्रेम जोडीको प्रेमील कहानीलाई प्रस्तुत गरेको छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com