सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

द सिनेमा टाइम्स, काठमाडौं – राजु गिरीको निर्देशनमा निर्माण हुने सिनेमा ‘नम्बरी सुन’को श्रीकाली चौरस्थित मन्दिरमा पुजा गर्दै छायांकन थालिएको छ । शुक्रबार सिनेमाको गीतबाट सुटिङ सुरु गरिएको निर्माण टिमले जानकारी दिएको हो । श्रीकाली चौरमा सिनेमाको गीत छायांकनको लागि भव्य सेट निर्माण गरिएको निर्देशन गिरीले बताए ।

नारायण खातीको कथा तथा प्रस्तुतीमा निर्माण हुने सिनेमामा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, किरण नेपाली , सविन बास्तोला, विनोद न्यौपाने,गीता अधिकारी, स्मृती ओली, अस्मिता बस्नेत, नारायण खाती, लक्ष्मण विक्रम बस्नेत, माया श्रेष्ठ, हिरादेवी श्रेष्ठ, रोजिना कार्की, संगीता शर्मा, आशा भारती र अनिता गिरी लगायतका कलाकारको अभिनय रहनेछ ।

सुवर्ण शिभान्स प्रोडक्सनकोे ब्यानरमा निर्माण हुने सिनेमामा काजल गिरी, कंगना गिरी, बिमर्स कुँवर, सक्षम गहतराज, श्रीयान्स खाती लगायतका बाल कलाकारको पनि अभिनय रहनेछ । शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको सिनेमालाई सरोज खाती, सविन खाती र मनोज रिजालले निर्माण गर्दैछन् ।

‘नम्बरी सुन’मा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछानेको कोरियोग्राफी रहनेछ । दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्धन्द्व निर्देशन रहने सिनेमाको मुख्य सहायक निर्देशक जिबन गौतम र प्रोडक्सन म्यानेजरमा अनिष अधिकारी छन् । सिनेमा लमजुङको भुजुङ्ग गाउँ, मनाङ र काठमाडौंका विभिन्न ठाउँमा छायंकन गरिनेछ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com