सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको चलचित्र छड्के २ शुक्रवारबाट देशभर प्रदर्शनमा आएको छ। १० बर्ष अघि बक्स अपिसमा ब्लकबस्टर चलचित्र ‘छड्के’ को सिक्केल हो ‘छड्के २’ पोस्टर, टिजर तथा ट्रेलरबाट चर्चा परिचर्चा र अनमोलको अभिनयमा तारिफ बटुलेर ट्रेन्ड पाएको चलचित्र बक्स अपिसमा रित्तो देखिएको छ। ओपनिङ्ग डेमा अनमोलको स्टारडमले पनि दर्शकको माया पाउँने निर्माण टिमले आसा गरेका थिए। तर, निर्माण टिमको आशालाई दर्शकले निराशामा परिणत गरिदिए।

चलचित्रले फरक कथाबस्तु र ट्रेलरमा दर्शकले देखाएको क्रेजले उत्साहित हुदै दिपक दीपाको ब्रान्ड चलचित्र ‘छक्का पन्जा ४’सँग भालेजुधाई गरेको थियो। तर त्यहि क्रेजी दर्शकले चलचित्र हावा छ भन्दै हलबाट निस्किए । अनमोल केसीलाई अझैपनि अभिनय सिकेर आउनु भन्दै सलाह सुझाव दिनेको पनि कमि छैन। आफ्नै निर्देशन र खुद आफु अभिनित चलचित्रमा निगम चुकेका छन्। चलचित्रलाई केहि हदसम्म स्ट्रङ्ग बनाउँन निर्माण टिमले चर्चित र्यापर समीर घिसिङ्ग उर्फ भिटेनलाई समेत र्याप गाउँन लगाएका थिए। भिटेनको र्यापले पनि चलचित्रमा त्यस्तो रङ्ग भरेन। ग्याङस्टरको कथामा आधारित चलचित्रले युवापिढीलाई मात्र आकर्षक गर्न सक्छ बच्चा बृद्दलाई यस्ता बिषयमा वास्ता नै रहन्न तरपनि चलचित्रले त्यहि युवापुस्ताको मन पगाल्न सकेन। फलस्वरूप हलमा शुन्यता छाएको छ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com