सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: स्टार अभिनेता दयाहाङ राईको साथमा अभिनेत्री प्रकृति श्रेष्ठ स्टारर चलचित्र ‘विहे पास’को पहिलो रोमान्टिक गीत ‘खाली छैन मेरो मुटु’ सार्वजनीक भएको छ । रिलिज गितमा दयाहांग प्रकृतिको साथमा रोमान्टिक देखिएका छन्। भिडियोमा यो जोडीको सामान्य बिबाह पनि समाबेश छ जसले भिडियोलाई अझ आकर्षक बनाएको छ।

प्रवेश पौडेलले निर्देशन गरेको चलचित्रमा दयाहाङ र प्रकृतिको साथमा शिशिर बाङ्देल, बुद्धि तामाङ, रविन्द्र झा, श्याम राई, विशाल पहारी, सुवाष गजुरेल, हिउँवाला गौतमलगायतका कलाकारहरुको अभिनय रहेको छ । नेपालमै भविश्य बनाउछु भन्दै युवापुस्ताले गरेको संघर्षको कथामा आधारित चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठले निर्माण गरेका हुन् ।

पूर्वी नेपालका बिभिन्न रमणीय स्थलमा खिचिएको चलचित्र आरआर फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो । शिब ढकालले खिचेको चलचित्रका गीतमा प्रबेश मल्लिकको संगीत,डिपी खनालको गीत,शैलेन्द्र प्रधानको पाश्र्व संगीत रहेको छ । रामजी लामीछानेको कोरियोग्राफी रहेको चलचित्र मित्र गुरुङले सम्पादन गरेका हुन् । मर्रे केर,आकाश बराल र सजन काफ्लेको कथा रहेको चलचित्रको पटकथा र सम्वाद भने आकाश र सजनको सहकार्यमा तयार भएको हो। चलचित्र बैशाख १ गतेबाट देशभर प्रदर्शन हुदैछ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com