सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ:  वैशाख १ गतेलाई रिलिज डेट तय गरेको फिल्म ‘नाई नभन्नु ल ६’को शिर्ष गीत सार्वजनिक भएको छ।  टिजर पोस्टर र पहिलो गीत सार्वजनिक गरेर चर्चामा रहेको फिल्मका निर्माण टिमले अब भने शिर्ष गीत सार्वजनिक गर्दै प्रचारलाई अगाडी बढाएको हो। सार्वजनिक गीतमा फिल्मका मुख्य पात्रहरु आँचल शर्मा र आशिर्वाद क्षेत्रिलाई देख्न सकिन्छ। प्रताप दासको आवाज रहेको उक्त गीतमा आँचल र आशिर्वादलाई रोमान्टिक देख्न सकिन्छ। गीतमा बसन्त सापकोटाले संगीत भरेका छन।

 

विकाश राज आचार्यकै निर्देशनमा बनेको फिल्म नाई नभन्नु ल को छैठौ शृंखला हो। यस अघिका सबै सिरिजलाई दर्शकले साथ दिएका थिए। फिल्मको कथा, पटकथा विकासराज आचार्य, सामीप्यराज तिमल्सिना र अरुणदेव जोशीले लेखेका हुन। आख्यान फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई विकासराज आचार्य र विष्णुमणि दाहाल निर्माताका रुपमा देखिएका छन।
पूर्वी नेपालमा खिचिएको फिल्ममा आँचल शर्मा आशिर्वाद बि. क्षेत्रि र केकी अधिकारीको मुख्य भूमिका रहेको छ।  फिल्मका मुख्य अभिनेता आशिर्वादले यसै फिल्मबाट डेब्यु गरेका हुन्।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com