सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

रंगखबर, काठमाडौँ: फिल्म ‘बहाव’को शिर्ष गीत सार्वजनिक भएको छ।  आउँदो शुक्रबारबाट देशभर प्रदर्शन हुन लागेको फिल्मको यस अघि पहिलो गीत र ट्रेलर लगायतका प्रमोसनल सामाग्रीहरु सार्वजनिक भई सकेका छन।  सार्वजनिक ‘बहाव यी मनका’ बोलको गीतमा फिल्मका प्रमुख पात्रहरू कथाको भावनालाई प्रस्तुत गरिएको छ । गीतमा युवराज चौलागाईंको स्वर, प्रमोद कँडेलको शब्द, वसन्त सापकोटाको संगीत र बिषय आचार्यको एरेन्ज रहेको छ।
स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको फिल्मको विषयवस्तु ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ मा आधारित छ ।

श्रीधर पौडेलले निर्माण गरेको फिल्मलाई प्रमोद कंडेलले निर्देशन गरेका हुन्। फिल्ममा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ । सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको सङ्गीत रहेको फिल्ममा सज्जा चौलागाईंको स्वर, अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउण्ड डिजाइन र मिक्सिङ र कार्तिकेय स्मिता कर्नाटकको छायाङ्कन छ । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दै छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com