सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ : चलचित्र विकास बोर्डले २०७९ सालमा प्रदर्शन भएको स्वदेशी तथा विदेशी फिल्महरुको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ। बोर्डले रिपोर्टको लिस्ट सार्वजनिक गरेसँगै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी अहिले केहि कलाकर्मीहरुको निशानामा परेका छन। उनलाई आफ्नो फिल्मको कमाईको गलत रिपोर्ट निकालेको आरोप केहि सिनेकर्मीहरुले लगाएका छन।

हास्यकलाकार तथा निर्मता दिपकराज गिरीले त बोर्ड अध्यक्ष भुवन केसीलाई विकास बोर्डमा भुवन केसीअध्यक्ष बनेर आएपछि जताततै लफडै लफडा छ केसीलाई गलत रिपोर्ट सार्वजनिक गरेको आरोप लगाएका छन्। उनि लेख्छन ‘चलचित्र बिकास बोर्डले हाम्रो फिल्मको कमाइको गलत रिपोर्ट सार्वजनिक गरेको छ। यो अध्यक्ष आए पछि जताततै लफडै लफडा छ हाम्रो क्षेत्रमा। ‘

फिल्म छक्का पन्जा ४ का वितरकले तीन हप्तामा नै फिल्मले १८ करोड ग्रस कमाएको दाबी गरेका थिए तर बोर्डले देखाएको बक्स अफिसमा १६ करोड ९४ लाख ३४ हजार ६ सय ३४ रुपैया देखाए पछि दिपकले गलत रिपोर्ट सार्वजनिक गरे भन्दै आफ्नो फेसबुक मार्फत आक्रोश पोखेका छन।
२०७९ मा प्रदर्शन भएका ४६ वटा फिल्महरु मध्ये हिट फिल्महरुको नाम औंलामै गन्न सकिन्छ। बर्ष ०७९ मा कबड्डी ४, महापुरुष, फुलबारी, दुई नम्बरी, प्रेम गीत ३ र छक्का पञ्जा ५ लाई दर्शकको साथ मिलेको थियो भने बाकी ४० वटा फिल्मलाई भने दर्शकले खासै रुचाएका थिएनन।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com