सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ : नेपाली सेनाले आयोजना गरेको लघु चलचित्र प्रतियोगितामा पुरस्कृत हुन सफल लघु चलचित्रहरु ‘कस्तुरी’, ‘डोल्मा’ र ‘सेनाको सन्तति’को विशेष शो सम्पन्न भएको छ। रातोपूल स्थित ओजस थिएटरमा भएको विशेष प्रदर्शनीमा दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा ३ वटै फिल्मका कलाकार तथा प्राविधिकहरुलाई प्रमाण पत्र तथा खादाले सम्मान पनि गरिएको थियो। कार्यक्रममा कलाकार तथा प्रशिक्षक बिरेन्द्र हमालले सबै युनिटलाई सम्मान सहित शुभकामना दिएका थिए।

नेपाली सेनाले आयोजना गरेको लघु चलचित्र प्रतियोगिता २०२३ मा फिल्म कस्तुरी प्रथम भएको थियो भने त्यस्तै सोहि प्रतियोगितामा फिल्म ‘सेनाको सन्तति’ले चौथो बन्न सफल भएको थियो। त्यसैगरी ‘डोल्मा’ २०२२ को लघु चलचित्र  प्रतियोगितामा तेश्रो हुन सफल भएको थियो । पुरस्कृत सबै फिल्म ओजस थिएटर एण्ड फिल्म स्टुडियोले निर्माण गरेको हो

रबिन दोङ निर्देशित कस्तुरीमा वन्यजन्तु संरक्षण गर्नु पर्ने संदेश वा भनौ सेनाले वन्यजन्तुको अवैधानिक चोरीशिकारीविरुद्ध चाल्दै आएको कदमलाई देखाउन खोजिएको छ। मानिस भित्र रहेको सकरात्मक सोचको पहिचान गर्न सके एउटा नागरिकले राज्यलाई नै ठूलो योगदान गर्न सक्ने सन्देश फिल्मले दिन खोजेको छ।

फिल्ममा कृष्ण भक्त महर्जन, मञ्जु गिरि, सागर कार्की, प्रमोद बाबु, अश्मिता मगर, अलिसा न्यौपाने, आदेश तामाङ, रिकेश बडवाल, हर्क मगर, पंकज सार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ। फिल्ममा तथा आरभ दाहाल र सौरभ कार्की बाल कलाकारको रुपमा देखिएका छन।

फिल्मका निर्देशक रबिन दोङ आफुले निर्देशन गरेको फिल्म पुरस्कृत हुँदा खुसी व्यक्त गर्दै भन्छन ‘कस्तुरी सफल हुनुमा मेरो एक्लैको मेहनत नभई पुरै युनिटको योगदान छ। आफ्नो टिमको मेहनत सफल हुँदा खुसीको आँसु आउँदो रहेछ भन्दै उनले सो प्रतियोगिता सम्म पुग्दा धेरैनै दुख गरेको सम्म भन्न भ्याए। ‘

सिताराम यादवले लगानी गरेको फिल्ममा कृष्ण रिमालले सह निर्देशनको पाटोलाई सम्हालेका छन। इश्वर सिन्केमानले खिचेको फिल्ममा अच्युत बजगाईको सम्पादन, कलर ग्रेडिंग र भी.एफ.एक्स रहेको छ।

त्यस्तै गृष्मा श्रेष्ठ निर्देशित फिल्म ‘सेनाको सन्तती’मा गङ्गा मगर, मलिना मगर, सुवाष राई, अस्मिता ढकाल, प्रभाव शाही, सावित्र मगर, सन्जीब तामांग, बर्षा सारु मगर लगायतका कलाकारहरुले अभिनय गरेका छन। फिल्ममा सुप्रिम राई र रोयल राईले बाल कलाकारको भूमिका निभाएका छन।  फिल्मलाई ममिला राईले लगानी गरेका हुन।

रबिन दोङकै निर्देशनमा बनेको फिल्म ‘डोल्मा’ले भने स्वतन्त्र बाच्न चाहने युवतीको कथा बोल्छ।  जसको सपना नेपाल आर्मीमा भर्ति भएर देशको सेवा गर्ने हुन्छ। फिल्ममा रोशनी लामा, बिरूप घले, ज्योति राई, कृष्ण रिमाल, भारत मगर, सुवास राई, युबराज घिमिरे लगायतका कलाकारहरुको अभिनय रहेको छ। डोल्मामा सिरापा कि सिरपा मानन्धरले निर्माण गरेकी हुन्।

अब भने ओजस थिएटरको अर्को प्रोजेक्टका लागि निर्देशक दोङ अहिले जोडतोडका साथ लागिरहेका छन। उनको आगामी नाटक ‘मृत्यु कुण्ड’ आउँदो वैशाख २० गतेबाट मन्चन हुन गईरहेको छ। ‘मृत्यु कुण्ड’ले  वैदेशिक  रोजगारिको जर्जर अवस्थालाई चित्रण गर्ने कोसिस गर्ने जानकारी ओजस थिएटरका सीईओ सागर कार्कीले जानकारी दिए।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com