सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: सस्पेन्स थ्रिलर ‘बाटो रोड टु डेथ’को पहिलो ट्रेलर सार्वजनिक गरिएको छ।  साउथ इन्डियन टिमले निर्माण गरेको फिल्मको ट्रेलर पनि साउथ स्ट्याईलमै बनेको छ।  २ मिनेट ४९ सेकेन्ड लामो ट्रेलरमा थ्रिल सस्पेन्स र एक्सनलाई निकै रोमान्चक हिसाबले देखाउन खोजिएको छ। ट्रेलरमा साइकोटिक कल्ट ग्याङलाई भयानक खलनायकको रुपमा देखाइएको छ । ट्रेलरमा फिल्म भित्रको कथा भने केही पनि खुलाइएको छैन ।

काठमाडौँ फिल्म्स प्रालीको ब्यानर तथा निर्देशक मदन थापाले निर्देशन गरेको फिल्मको कथा लेखन पनि निर्देशक स्वयमले नै गरेका हुन्।  शरण ऋषिको सिनेमाटोग्राफी रहेको फिल्मलाई चन्दन झाले निर्माण गरेका हुन्। फिल्म नेपाली, अंग्रेजी, तमिल र हिन्दी गरेर छुट्टाछुट्टै ४ भाषामा तयार गरिएको छ ।

फिल्ममा मिथिला शर्मा, रक्षा थापा, सुलक्क्षण भारती, उत्पल झा, विजय ताम्राकार लगायतको मुख्य भूमिका देख्न सकिन्छ । काठमाडौंका विभिन्न स्थानको अलवा उदयपुरको गाइघाटमा छायांकन भएको फिल्मको रिलिज मिति अहिले सार्वजनिक गरिएको छैन । फिल्म डब्बी एटमस साउन्डमा तयार हुनेछ । डब्बी एटमस साउन्ड सिष्टममा नेपालमा पहिलो पटक फिल्म तयार हुन लागेको हो ।

 

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com