सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ :आइतबार साझ मुम्बईको यशराज स्टुडियो स्थित प्रिभिउ थिएटरमा प्रख्यात भारतिय निर्देशक मणिरत्नम द्वारा निर्देशित चलचित्र “पी.एस : २ ” को बिशेष प्रदर्शन गरिएको थियो। उक्त विशेष शोमा चलचित्रका कलाकारहरु चियान विक्रम, ऐश्वर्य राय बच्चन तथा बलिवूडका चर्चित कलाकारहरु मनिषा कोइराला अदिती राव हैदरी , अनिल कपुर, बबि देओल लगायत धेरै कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो। हाल मुम्बई बसिरहेकी निर्देशक सम्झना उप्रेती रौनियारपनि उक्त स्क्रिनिङ्गको हिस्सा बनेकी थिईन। उनले नेपाली फिल्म ‘मेघा’ र ‘फागु’ गरिसकेकी छन। मुम्बईबाट फर्किएपछि उनि आफ्नो नयाँ प्रोजेक्टमा व्यस्त हुने छिन। मनिषाले मणिरत्नम द्वारा निर्देशित चलचित्र ‘बम्बे’, ‘दिल से’मा आफ्नो बलियो अभिनय गरेकी थिईन।

सम्झना उप्रेती रौनियारद्वारा खिचियेका केही तस्बिरहरु।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com