सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: शुक्रबारबाट प्रदर्शन हुने फिल्म ‘हुक्का’का निर्माण टिमले फिल्म हेर्ने दर्शकका लागि ‘वाच एण्ड वीन’ अफर ल्याएको छ । पोखरास्थित अन्नपूर्ण केबल कार र उडी एडभेन्चर (Udi Adventure) सँग सहकार्य गर्दै निर्माण टिमले दर्शक माझ यस्तो अफर ल्याएको हो। अफर अनुसार हुक्काको टिकट लिने हरेक दर्शकले अन्नपूर्ण केबल कार यात्रामा २५ प्रतिशत छुट पाउँने छन। ‘वाच एण्ड वीन’ अफरको लाभ उठाउन दर्शकले खल्तीको डिजिटलबाट टिकट लिनुपर्नेछ।

त्यस्तै फिल्म हेर्न आउने दुईजनाले सेल्फीसँग फोटो हालेर ‘#nepalimoviehookah12’ लेखेर फोटो अपलोड गर्ने ६ जनाले उडी एडभेन्चर साइक्लिङ, स्वीङ र जिपलाइन, अन्नपूर्ण केवलकारको निःशुल्क टिकट र पोखराको सेदीस्थित कल्चर रिसोर्टमा २ दिनको लजिङ र फुडिङको सुविधा पाउनेछन् । यसका लागि दर्शकले फिल्मको काटेको टिकट सुरक्षित राख्नुपर्नेछ ।

यो सुविधा असोज २८ गतेसम्म रहेको छ । शम्भु थापाको निर्देशन रहेको फिल्ममा प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, प्रमिला खनाल, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, अलिशा भोगको अभिनय छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com