सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

काठमाडौँ: करण जोहर निर्देशित फिल्म ‘रकी और रानी की प्रेम कहानी’को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टर निर्देशक जोहरको जन्मदिनको अवसर पारेर गरिएको हो। रणवीर र आलियाको क्यारेक्टर पोस्टर सार्वजनिक गर्दै करण आफ्नो सामाजिक संजालमा लेख्छन , “एउटा निरपेक्ष ‘हार्टथ्रोब’, जसले आफ्नै हृदयलाई आफ्नो आस्तीनमा लगाउँछ – रकीलाई भेट्नुहोस्!”

त्यसै अलिया भट्टको क्यारेक्टर पोस्टर सेयर गर्दै लेख्छन, “महारानी र सज्जनहरू, रानी यहाँ तपाईंको मन चोर्न आएकी छिन् – रानीलाई भेट्नुहोस्!”

सार्वजनिक पोस्टरमा रणवीर र आलियाको  केमेस्ट्री मज्जाले जमेको देख्न सकिन्छ। फिल्म २८ जुलाईबाट वर्ल्डवाइड रिलिज हुदैछ। रणवीर र आलिया पछिल्लो पटक फिल्म गल्लि बोइमा देखिएका थिए। जुन फिल्म बक्स अफिसमा सफल बनेको थियो।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com