सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: झिन्गेदाउ फेम्ड निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार हुन लागेको अन्टाइटल प्रोजेक्टका लागि पुजा शर्मा अनुबन्धित भएकी छन्। सोमबार चलचित्रको निर्देशक देउजा र रेखा थापाले पुजासँग लिखित सम्झौता गरेका हुन्। पुजा शर्माले उक्त फोटो सेयर गर्दै यो कामका लागि क्रितज्ञता व्यक्त गर्दै आफ्नो वालापनदेखिको सपना पुरा भयो भन्दै आफ्नो सामाजिक संजालमार्फत खुशी साटेकी छिन्। जहाँ उनि रेखा थापा आफ्नो आइडल ब्याक्ति, चलचित्रको पर्दामा उहालाई देखेर, उहा नाचेको हेर्दै, उहाले बोलेका सम्बादहरु नक्कल गर्दै एकदिन दिदी जस्तै बन्छु भनेर यो क्षेत्रमा प्रबेश गरेकी थिए। आज त्यो सपना पुरा भएको छ। आफ्नो आइडल मान्छेसँग संगै सहकार्य गर्ने मौका पाएकी छु भन्दै उनि लेख्छिन।

”पर्दामा प्रिय रेखा थापा दिदीले ‘मैले त्यही भएर मन पराको’ भनेर नृत्य गर्दै गर्दा होस् या अन्यायको विरुद्धमा समाजका खलपात्रहरुसँग लड्दै गर्दा मलाई पनि उहाँ जस्तै बन्ने रहर थियो । यस्तै यस्तै सपना बोकेर फिल्म क्षेत्रमा आएकी म आज आएर आफ्नो बेष्ट नायिकासँग पर्दा शेयर गर्न पाउँदा हर्षित छु । रेखा दिदीको साथमा नयाँ फिल्ममा काम गर्दै गर्दा धेरै कुरा सिक्नेछु भन्ने लागेको छ । फिल्मका निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनको मात्र होइन, उहाँको व्यवहारले पनि मलाई सधै प्रभावित बनाएको थियो । प्रिय, ज्ञानेन्द्र दाइको निर्देशनमा रेखा दिदीसँग एउटै पर्दामा देखिनु मेरा लागि कही कतै सपना नै हो कि जस्तो पनि लाग्दैछ । तर, फिल्म क्षेत्रमा आएर केही फिल्म गर्दै गर्दा दर्शकले मलाई अथाहा प्रेम दिनुभएको छ । तर, यो फिल्म मेरा लागि सधै बिशेष हुनेछ । रेखा दिदी र ज्ञानेन्द्र दाइलाई काम गर्ने अवसर दिनुभएकोमा धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु ।
प्रिय दर्शकसँग, अब हाम्रो भेट विशेष हुनेछ ।
जय नेपाली चलचित्र ।”

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com