सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: आज शुक्रबारबाट देशभरका सिनेमा घरमा ‘हुक्काः एन एब्सर्ड ड्रिम’ र ‘टुल्की’ नामक नेपाल फिल्महरु प्रदर्शन भएका छन। फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’ मौलिक नेपाली कथामा आधारित छ भने ‘टुल्की’ले  बहुपति प्रथाको कथा बोल्छ।

शम्भु थापाको निर्देशन निर्देशन रहेको फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’मा प्रयत्न श्रेष्ठको शब्द र संगीत, प्रयत्न श्रेष्ठ र युजिन राईको स्वर, सन्तोषकुमार आत्रेयको कथा, सन्तोषकुमार आत्रेय र भगवान पौडेलको पटकथा, विष्णुप्रसाद बास्तोलाको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर करेक्सन, दीर्घ खड्काको सम्पादन र कृष्णबहादुर थापाको छायांंकन छ । फिल्ममा रेश्मा प्रधान सह–निर्माता, पार्वती थापा, सुशिला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता छन् । फिल्ममा प्रमिला, सन्तोषकुमार, तेज, अंशु, तलिशा, एलिशासँगै प्रकाश घिमिरे, निश्चल विमल, अर्जुन गोदार, कुमार गुरुङ्ग र बाल कालाकार अङ्कित जि सिको पनि अभिनय रहेको छ ।

त्यस्तै प्रमोसनमा खासै ध्यान नदिएको फिल्म टुल्की भने देवजङ्ग थापाको डेव्यु निर्देशनमा तयार भएको हो।  फिल्ममा शिशिर वाङ्देल र स्वस्तिमा कार्की मुख्य भूमिकामा देखिएका छन। ‘द पाल्म ग्रुप’को ब्यानरमा निर्माण भएको फिल्मले हिमाली भेगमा चलेको बहुपति प्रथाको कथा बोल्छ। फिल्मको सम्पूर्ण छायांकन डोल्पा गरिएको हो। सुशील अधिकारी र नमराज घिमिरेको छायांकन रहेको फिल्म शेखर लामाको प्रस्तुतिमा बनेको हो। फिल्ममा आर.पी. कर्माचार्य र उजेली लामाको सयुक्त लगानी रहेको छ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com