सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: रेनशा वान्तवा राइले निर्देशन गर्ने चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’ आगामी बैशाख २१ गतेबाट देशभर प्रदर्शन हुन् गैरहेको छ। शुक्रबार सार्वजनिक दुई नयाँ पोस्टरमा चलचित्रका मुख्य अभिनेता दुइ पात्रमा प्रस्तुत गरिएको छ। जहाँ एकातिर ब्रिटिस आर्मीको युनिफर्ममा टक्क उभिएका छन् भने अर्कोतिर क्याजुअल ड्रेसअपमा डान्सरको लुक्समा छन्।

प्रस्तुत पोस्टरले चलचित्रको बिषयबस्तुबारे दर्शकलाई चनाखो बनाएको छ। एक ब्याक्ति आफ्नो सपाना एकातिर हुदाहुदै घरपरिवारको बाध्यता र जिम्मेवारिको लागि अर्को पेशा अर्थात पद रोज्नुपर्ने जस्तो गहन बिषय चलचित्रका प्रस्तुत तिजर र पोस्टरबाट अनुमान लगाउन सक्किन्छ।

आईकोर फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा धिरज मगरसंगै जसिता गुरुङ र अरुण क्षेत्रीलाई मुख्य भूमिकामा देख्न सकिनेछ । डान्सको कथामा आधारित रहेको चलचित्रलाई प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराले सहकार्यमा निर्माण गर्नेछन। चलचित्रमा रोहित शाक्य र कालिप्रसाद बाँस्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन, द वाइल्र्ड रिप्पर्ज क्रुको कोरियोग्राफी रहने छ ।

 

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com