सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आउँदो जेठ ९ गतेदेखि प्रदर्शनमा आउन लागेको बहुप्रतिछित चलचित्र ‘नरसिंहाः अवतार’ को ट्रेलर सार्वजनिक भएको छ। महानायक राजेश हमालको कमब्याक चलचित्र ‘नरसिंहाः अवतार’ को ट्रेलर सार्वजनिक भएको केहि समयमै यूट्युबको ट्रेन्डिङमा पर्न सफल भएको छ । कुनै पनि नेपाली कन्टेन्ट यति कम समयमा ट्रेन्डिङमा आएको सम्भवतः यो पहिलो पटक हो ।
एक्सन, थ्रिलर, प्रेम र सस्पेन्स रहेको चलचित्रको ट्रेलरले दर्शकहरु माझ चलचित्रप्रति उत्साहित रहेको भन्ने कुरा प्रमाणित भएको देखिन्छ ।सार्वजनिक ट्रेलरमा राजेश हमाल संगै चलचित्रका मुख्य कलाकारहरु लाई फिचार्ड गरिएको छ।
चलचित्रमा राजेश हमाल, नीति शाह, राज कटुवाल, सरोज खनाल, निर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, रमेश चन्द सोडारी, दीपा शाही, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, प्रकाश जंग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, मिसेल घिमिरे, सरोज शाह, किशोर भट्ट, टार्जन, एभिलिना खड्का, समाइरा थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा चन्द्र पन्तको कथा, राजु तामाङको एक्सन निर्देशन, कविराज गहतराज, माइकल चन्द र रामजी लामिछानेको कोरियोग्राफी, राजु थापाको डीओपी रहेको छ ।
करण सिंह प्रोडक्सन म्यानेजर रहेकोचलचित्रमा समिर मियाको भीएफक्स, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, वसन्त अधिकारी एसोसियट निर्देशक रहेको चलचित्रमामा नेम महर्जनको लगानी छ । चलचित्रमाका निर्मातामा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपाने छन् ।
प्रतिक्रिया