सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । मङ्सिरको पहिलो सातादेखि छायांकनमा जाने तयारीमा रहेको फिल्म ‘एक्का तीन’ मा नायक सुशील श्रेष्ठको प्रवेश भएको छ । फिल्मको निर्माण पक्ष र सुशीलबीच लिखित सम्झौता भइसकेको छ।

हाल ‘साम्राज्य’ फिल्मको छायांकनमा व्यस्त सुशीलले मंसिरको पहिलो सातादेखि ‘एक्का तीन’का लागि समय दिनेछन्। नेपाली फिल्म क्षेत्रमा एक्सन नायकको छवि बनाएका सुशीलको प्रवेशसँगै फिल्मको कलाकारको लाइनअप थप बलियो बनेको छ।

रुपेश तामाङको निर्देशनमा बन्न लागेको यस फिल्ममा नायिकाद्वय पूजा शर्मा र कविता नेपाली यसअघि नै फाइनल भइसकेका छन्। दुवै नायिकाले पनि फिल्म क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका छन्। तीन कलाकारको सहभागिताले फिल्ममा एक्सनको मात्रा बलियो हुने अपेक्षा गरिएको छ।

सुमन गजमेरले फिल्मको कथा लेखेका हुन्। जुना फिल्मस्ले निर्माण गर्न लागेको फिल्मको छायांकन मंसिरको पहिलो साताबाट सुरु हुनेछ। यद्यपि, फिल्ममा सुशीलको जोडीका रूपमा पूजा शर्मा र कविता नेपालीमध्ये कसले अभिनय गर्ने भन्ने विषयमा निर्माण पक्षले केही खुलाएको छैन। त्यसैले ‘एक्का तीन’मा सुशीलको जोडी को बन्लिन् भन्ने कौतूहलता बढेको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com