Sabasta Entertainment Pvt. Ltd

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ – ‘आइसी डिजाइनर रनवे १०’ फेशन शो आयोजना हुने भएको छ । आइसी कलेजको आयोजनामा आगामी पुष ९ मा आयोजना हुने शोलाई नेक्स्ट मोडल्स नेपालले म्यानेजमेन्ट गर्नेछ ।

शोका लागि नेक्स्ट मोडल्सले अडिसन मार्फत २८ महिला र ८ पुरुष गरेर ३६ जना मोडलहरु छनोट गरेको छ । होटल हायातमा ७३ जना डिजाइनरको पहिरन लगाएर २१ सिक्वेलमा मोडलहरुले र्याम्पमा प्रस्तुत गर्नेछन् ।

७३ जना फेसन डिजाइनर आइसी कलेजका १८ औँ ब्याजका पासआउट विद्यार्थीहरु हुन् ।

नेपाली फेसन डिजाइनरहरुको प्रचार गरि नेपाली फेसनलाई विश्वसामु चिनाउनु नै ‘आइसी डिजाइनर रनवे’को प्रमुख उद्येश्य रहेको आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले बताइन ।

यस वर्षको शो, अघिल्ला वर्षको भन्दा उत्कृष्ट बनाउने नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए ।

©2022 Sabasta Entertainmnet All rights reserved. | Website by Appharu.com