Sabasta Entertainment Pvt. Ltd

भिडियो

‘मन्त्र’को गीतमा रोमान्टिक सौगात र दीया


सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ – बैशाख १६ देखि अलनेपाल प्रदर्शनमा आउने चलचित्र ‘मन्त्र’को पहिलो गीत सार्वजनिक गरिएको छ ।

रिलिज डेट नजिकिएसँगै निर्माण पक्षले गीत सार्वजनिक गरेको हो ।

रोमान्टिक गीत ‘घरि घरि’मा चलचित्रका केन्द्रिय कलाकार सौगात मल्ल र दीया पुनको प्रेम देखाइएको छ ।

सन्तोष सुनारको शब्द तथा संगीत रहेको गीतमा अल्मोडा र अप्सरा घिमिरेको स्वर छ ।

खिल बहादुर गुरुङले निर्देशन गरेको चलचित्रमा नमिता घिसिङ्ग,बिर बहादुर लामा,पासाङ्ग टि शेर्पाको पनि मुख्य भूमिका छ ।

साम्तेन भुटिया, सुनिल नेउरे र परिच्छेद सेनले लेखेको चलचित्रमा संजय लामाको छायांकन, मित्र डी गुरुङको सम्पादन र शम्भुजित बाँस्कोटा/सन्तोष सुनारको संगीत छ ।

देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको चलचित्रको निर्माता मनोज राजभण्डारी हुन् । भने, सह-निर्मातामा रविराज कार्की, सुरेश कार्की, वीर बहादुर लामा, शुभ श्रेष्ठ र राजेशजंग गौतम छन् ।

©2022 Sabasta Entertainmnet All rights reserved. | Website by Appharu.com