सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गायक सुशान्त केसीको आज शनिबार भक्तपुरको सल्लाघारीमा कन्सर्ट हुँदैछ । काठमाडौं उपत्यकाका संगीतप्रेमी दर्शक तथा श्रोतामाझ साढे २ वर्षपछि ‘सुशान्त केसी लाइभ इन नेपाल’ मार्फत उनी गुञ्जिँदैछन् । केही दिनअघि सुरू भएको कन्सर्टको तयारी लगभग पूरा भएको आयोजक टिमले जानकारी दिएको छ