Sabasta Entertainment Pvt. Ltd

भिडियो

पूजा र आकाशको ‘सम्झना बिर्सना’ ट्रेलर सार्वजनिक


सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ – पूजा शर्मा र आकाश श्रेष्ठ स्टारर चलचित्र ‘सम्झना बिर्सना’को ट्रेलर सार्वजनिक गरिएको छ ।

३ मिनेट लामो ट्रेलरले प्रेमकथा दर्साउछ । ट्रेलरमा पूजा र आकाशसँगै छुल्ठिम गुरुङको पनि मुख्य भूमिका छ । यी तीन बीचको त्रिकोणात्मक प्रेमकथा ट्रेलरमा देखाइएको छ ।

ट्रेलरमा प्रेमिल संवाद र केहि कमेडीका दृश्यहरुपनि समावेश गरिएको छ ।

निमेष श्रेष्ठको कथा, पटकथा र निर्देशनमा निर्माण भएको चलचित्र जेठ ६ देखि अलनेपाल प्रदर्शनमा आउदैछ ।

चलचित्रमा आकाश, पूजा र छुल्ठिमका अलावा सुनिल थापा र शिशिर राणालगायतका कलाकारहरुको अभिनय छ ।

अदुइत्य प्रधान र रेबेका प्रधानले संयुक्त रुपमा निर्माण गरेको चलचित्रमा कमल राईको कोरियोग्राफी, शिव ढकालको छायांकन र तारा थापा (किम्भे)को सम्पादन छ ।

©2022 Sabasta Entertainmnet All rights reserved. | Website by Appharu.com