सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौं – बलिउड अभिनेता सिद्धार्थ मलहोत्रा र अभिनेत्री कियारा आडवाणी विवाह बन्धनमा बाँधिएका छन् ।

मंगलबार राजस्थानको जैसलमेरस्थित सुर्यगढ प्यालेसमा सिद्धार्थ र कियाराले सात फेरा लिए । केहि बलिउडकर्मी र आफन्तलाई साँची राखेर यो जोडीले पंजावी रिवाजमा विवाह सम्पन्न गरेको हो ।

विवाहपछि सिद्धार्थ र कियाराले सामाजिक संजालमा फोटो शेयर गर्दै खुसियाली साटेका छन् । उनिहरु इन्स्टाग्राममा लेख्छन, ‘अब हाम्रो स्थायी बुकिङ भयो । हामी हाम्रो अगाडिको यात्रामा तपाईंको आशीर्वाद र माया चाहन्छौं ।’

तस्विरमा दुई बीचको प्रेम, विश्वास र सम्मान महशुस गर्न सकिन्छ । कियारा पाउडर पिङ्क लेहेंगा र सिद्धार्थ गोल्डेन सेरवानीमा सजिएका छन् ।

सन् २०२१ मा रिलिज चलचित्र ‘शेरशाह’ छायांकनको क्रममा प्रेममा परेको यो जोडीलाई बलिउडकर्मीहरुले बधाई तथा शुभकामना दिइरहेका छन् ।

सिद्धार्थले सन् २०१२ मा चलचित्र ‘स्टुडेन्ट अफ दि इयर’ र कियाराले २०१२ को ‘फुक्रे’बाट बलिउड डेब्यु गरेका थिए ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com