सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: केहि दिन अघि मात्र अभिनेता राज बल्लभ कोईराला र अभिनेत्री बर्षा सिवाकोटी अनुबन्धित भएको फिल्म ‘कामिनो’मा मोडल नीति शाहको प्रवेश भएको छ। अब भने नीतिको नेपाली फिल्ममा डेब्यु गर्ने सपना पुरा हुने भएको छ। बुधबार फिल्मका निर्माण टिम र नीति बीच कागजी सम्झौता भएको हो। हुनत् नीतिले यस अघिनै केहि फिल्महरुमा साईन गरेपनि अहिले सम्म छायांकनमा जान सकेका छैनन्। हेरौ कामिनोले उनको सपना पुरा गर्छ कि गर्दैन।

दिपक ओलीले निर्दशन गर्ने फिल्म नेपाल र ल्याटिन अमेरिकाका बिबिध स्थानमा छायांकन हुनेछ। फिल्म प्रेम,रोमान्स र सस्पेन्सले भरिएको निर्देशक ओलीले बताएका छन्। फिल्म पैदल यात्राबाटै अमेरिका प्रवेश गर्ने एक जोखिमपूर्ण यात्राको कथामा आधारित हुनेछ। चैत्र तेश्रो साताबाट छायांकन गर्ने लक्ष्य राखिएको फिल्म सौरभ लामाले खिच्ने छन् । फिल्ममा एसडि योगी र एलिस कार्कीको संगीत,सम्राट बस्नेतको द्धन्द्ध निर्देशन र दिनेश प्रकाश महराको प्रोडक्शन डिजाइन रहेको छ । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको फिल्मको सहायक निर्देशकमा अमृतमान ओली छन् । स्क्रिप्ट लेखनमा लेखक दवाडीलाई कुञ्जन भट्टराईले सघाएका छन् ।

©2023 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com