सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: रेनशा वान्तवा राइले निर्देशन गर्ने चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’को फस्टलुक भिडियो रिलिजसँगै प्रदर्शन मिति तय गरिएको छ। उक्त भिडियोमा चलचित्रका मुख्य अभिनेता धिरज मगर हिप अप, कन्टेम्पोररी र फ्री स्टाइलको डानसिङ्ग मुभमेंट गर्दै आफ्नो सपनाको पछाडी भौतारिरहेको देख्न सकिन्छ। आगामी वैशाख २१ गते प्रदर्शन मिति तय गरेको चलचित्रमा धिरज मगरसंगै जसिता गुरुङ र अरुण क्षेत्रीलाई मुख्य भूमिकामा देख्न सकिनेछ । डान्सको कथामा आधारित रहेको चलचित्रलाई प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराले सहकार्यमा निर्माण गर्नेछन। चलचित्रमा सुशन प्रजापतिको छायांकन, द वाइल्र्ड रिप्पर्ज क्रुको कोरियोग्राफी रहने छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com