सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: स्टार अभिनेता दयाहाङ राईको साथमा अभिनेत्री प्रकृति श्रेष्ठ स्टारर चलचित्र ‘विहे पास’को टिजर दर्शकका माझ पास गरिएको छ। रिलिज टिजरमा बिहे अघि एक पुरुषले आफ्नो राम्रो परिचय र सरकारी पदमा नियुक्त हुन गरिएको यथार्थलाई व्यंग्यात्मक रुपमा प्रस्तुत गरिएको छ।

दयाहाङ र प्रकृतिको यो पहिलो सहकार्य हो । प्रकृतिले ‘होस्टेल’बाट चलचित्रमा डेब्यु गरेकी हुन भने ‘उत्सव’ चलचित्रमा उनि मुख्य अभिनेत्रीको भूमिका निर्वाह गरेकी थिइन। उनि अभिनयमा पोख्त छिन त्यसैले त आफु अभिनित दुवै चलचित्रबाट अवार्ड प्राप्त गर्न सफल रहेकी थिइन। २०७१ सालमा ‘होस्टेल’ चलचित्रबाट कामना फ्लिम अवार्डको बेस्ट डेब्यु अभिनेत्री अवार्डका साथै ‘उत्सव’ चलचित्रबाट बक्स अफिस फ्लिम अवार्डको बेस्ट लिडिंग रोल अवार्ड हाशिल गरेकी थिइन। उनले झन्डै ८ वर्षपछि अभिनयमा कमब्याक गरेकी हुन् ।

प्रवेश पौडेलले निर्देशन गरेको चलचित्रमा दयाहाङ र प्रकृतिको साथमा शिशिर बाङ्देल, बुद्धि तामाङ, रविन्द्र झा, श्याम राई, विशाल पहारी, सुवाष गजुरेल, हिउँवाला गौतमलगायतका कलाकारहरुको अभिनय रहेको छ । नेपालमै भविश्य बनाउछु भन्दै युवापुस्ताले गरेको संघर्षको कथामा आधारित चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठले निर्माण गरेका हुन् । पूर्वी नेपालका बिभिन्न रमणीय स्थलमा खिचिएको चलचित्र आरआर फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो । शिब ढकालले खिचेको चलचित्रका गीतमा प्रबेश मल्लिकको संगीत,डिपी खनालको गीत,शैलेन्द्र प्रधानको पाश्र्व संगीत रहेको छ । रामजी लामीछानेको कोरियोग्राफी रहेको चलचित्र मित्र गुरुङले सम्पादन गरेका हुन् । मर्रे केर,आकाश बराल र सजन काफ्लेको कथा रहेको चलचित्रको पटकथा र सम्वाद भने आकाश र सजनको सहकार्यमा तयार भएको हो। चलचित्र नया बर्ष २०८० बैशाख १ गतेबाट देशभर प्रदर्शन हुन गइरहेको छ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com