सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेत्री बर्षा शिवाकोटी र रन्जित राज वन्तको अभिनय रहेको गित ‘अनिदो रात’ रिलिज भएको छ । उक्त भिडियोमा बर्षा शिवाकोटी रंजित राज वन्तको साथमा रोमाञ्चित देखिएकी छिन्।

‘अनिदो रात’ गितमा प्रदीप रानाभाटको शब्द, संगीत तथा स्वर रहेको छ। शान थापाले निर्देशन गरेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । भिडियोमा बुद्ध थापाको सिमाटोग्राफी रहेको छ भने सम्पादन र कलर सुप्रिम पराजुलीको  रहेको छ ।

अभिनेता वन्तले अष्ट्रेलियामा गोर्खे इन्टरटेनमेन्टबाट नेपाली फिल्म रिलिज पनि गर्दै आइरहेका छन् । उनले आजसम्म ‘प्रसाद, सेल्फी किङ्ग, रोज, लभस्टेशन, प्रकाश’ लगायतका फिल्मप्रदर्शन गरिसकेका छन् । केहीदिन अघिमात्रै उनले बैशाख १ गतेबाट प्रदर्शनमो तयारीमा रहेको फिल्म ‘प्रसाद २’ अष्ट्रेलिया रिलिज राइट्स खरिद गरेका थिए ।

 

©2023 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com