सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अनमोल केसी स्टारर चलचित्र छड्के २ को पहिलो गीत रिलिज भएको छ। चर्चित र्‍यापर भिटेनको शब्द, संगीत र आवाजमा ‘छड्के खालास’ बोलको गीतले लागु औसादसहित बर्तमान युवापिढीको अवस्था चित्रण गरेको छ।

निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको चलचित्र चितवन र मुस्ताङमा छायांकन भएको हो। काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको चलचित्रमा मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् । प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता रहेका चलचित्रको कार्यकारी निर्माता भने निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् । अनमोलसंगै चलचित्रमा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगरको पनि मुख्य भूमिका रहेको छ। चलचित्र फागुन १९ बाट देशभर प्रदर्शन हुदैछ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com